सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । सुनसरीको धरान उपमहनगरपालिका–८ भोटेपुलस्थित सडकमा ना.१ ज ७१२१ नम्बरको हाईलक्स गाडीले को.६ प ५६०३ नम्बरको मोटरसाइकल र को.३२ प ८६६१ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि घोपा धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरको भक्तपुर नगरपालिका–१ चुनदेबी आकाशे पुल नजिक बा.प्र.०२–०२२ प ८५३२ नम्बरको मोटरसाइकलले बा.प्र.०२–०२१ प ९०३२ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक सूर्यबिनायक नगरपालिका–६ पाण्डुबजार बस्ने २० वर्षीय ओम केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुंङखोलास्थित सडकमा प्र.२–०४–००१ त ००१० नम्बरको ट्याक्टरले बा.५८ प ९१४१ र ना.११ प ५७५० नम्बरको दुई वटा मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा बा.५८ प ९१४१ नम्बरको मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–२ बस्ने ६३ वर्षीय रने तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुली उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.११ प ५७५० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया