आइतबार, वैशाख १६, २०८१

तीन अर्ब ७६ करोडको सेयर किनबेच

नेपालखोज २०८० माघ ११ गते १५:२३

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १० दशमलव २५ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि तीन दशमलव ९४ अंकले घटेर दुई हजार ८४ दशमलव शुन्य नौं अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९५ प्रतिशतले घटेर तीन सय ७९ दशमलव ४६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको ९१ हजार तीन सय ६४ पटकको कारोबारमा एक करोड १६ लाख ८९ हजार नौं सय ५५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० रुपैंंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव २६ अंकले बढेर ११ सय ६४ दशमलव ५१ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि पाँच दशमलव ९५ अंकले बढेर चार हजार ३५ दशमलव ८३ अंकमा पुगेको छ ।

यसैगरी फाईनान्स समुहको सुचक पनि दुई दशमलव ६५ अंकले बढेर १७ सय ८६ दशमलव ८५ अंकमा पुगेकोमा सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य एक र १४ दशमलव ६५ अंकले बढेका छन् । जलबिद्युत समुहको सुचक भने आज शुन्य दशमलव ४१ अंकले घटेर २५ सय ९० दशमलव १८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ४५ दशमलव ९० अंकले घटेर १० हजार छ सय १९ दशमलव १९ अंकमा झरेको छ ।

निर्जीवन बीमा समुहको सुचक पनि ४७ दशमलव ३३ अंकले घटेर १० हजार नौं सय २० दशमलव १४ अंकमा झरेकोमा होटल तथा पयर्टन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमश : ५८ दशमलव ८३, शुन्य दशमलव ४९, पाँच दशमलव ६०, १८ दशमलव ३९ र नौं दशमलव ६२ अंकले घटेका छन् ।

नेप्सेमा आज सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर पाँच सय ३२ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा सिटिजन्स म्युचुअल फण्ड २ को प्रतियुनिट सेयर मुल्य पाँच दशमलव शुन्य तीन प्रतिशतले घटेर आठ रुपैंयाँ १२ पैसामा प्रतियुनिट सेयर किनबेच भएको छ ।

यसैगरी हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता छ सय ४८ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा २८ करोड ६७ लाख २६ हजार पाँच सय २९ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया