आइतबार, वैशाख १६, २०८१

कविता : यो वर्तमान

बसन्त बस्नेत २०८० माघ १७ गते ९:२६

वर्तमान यति डर लाग्दो छ
उसले मान्छे खाने गर्छ
नपत्याए आफ्नो गाउघर को
मान्छे गन्ने गर

रगतको खोला र टाउकाहरुको
पहाड चढेर आएको हो यो वर्तमान
यसलाई सोझो र बफादार नभन
प्रत्येक क्षण तिम्रो यौवनको बलात्कार गर्छ
तिम्रो जवानी चुसेर
बुढेसकाल तर्फ धगल्ने गर्छ

तिमी यो वर्तमानको दास हौ
तिमिले पिजडा भित्र पालेको चरा
र वर्तमानले कैदी बनेको तिमी
उस्तै हो
दुबै आकाश हेर्ने सक्छ्न
छुन सक्दैन्न ।

प्रतिक्रिया