प्यालेस्टाइनी राज्य कसैको उपहार वा अनुग्रह होइन- प्यालेस्टाइनी विदेश मन्त्रालय

रमल्लाह । प्यालेस्टाइनी विदेश मन्त्रालयले शुक्रबार प्यालेस्टाइनी राज्य कसैको उपहार वा अनुग्रह नभएर अन्तरराष्ट्रिय कानून र वैध अन्तरराष्ट्रिय संकल्पद्वारा सृजित अधिकारू रहेको बताएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनको राज्यसत्ताका लागि अन्तरराष्ट्रिय दबाबको पछिल्लो अस्वीकारको प्रतिक्रियामा वाशिङ्गटन पोस्टको बुधबारको रिपोर्टको जवाफमा उहाँजो सो धारणा सार्वजनिक भएको हो ।
संयुक्त राज्य अमेरिका र अरब देशहरूको सानो समूहद्वारा प्यालेस्टाइन राज्यको स्थापनाको लागि निश्चित समयतालिकाू का लागि जारी वार्ताको सम्बन्धमा बुधबार वाशिङ्गटन पोस्टमा एउटा रिपोर्ट छापिएको छ ।
हामी प्यालेस्टिनीहरूसँग समस्याको स्थायी समाधानका नाममा अन्तरराष्ट्रिय आदेश र निर्देशनलाई सशक्त रूपमा साथ अस्वीकार गर्छौं, नेतन्याहूले शुक्रबार राति अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोन वार्तामा भनेका छन् ।
नेतन्याहुले फेरि एक पटक कब्जा र दबाबको अन्त्य गर्ने र प्यालेस्टाइनी राज्य स्थापना गर्ने अधिकारमा अन्तरराष्ट्रिय र अमेरिकी सहमतिलाई चुनौती दिँदै अन्तरराष्ट्रिय र संयुक्त राष्ट्रसंघको मान्यतालाई पनि अस्वीकार गरेको घोषणा गरेको मन्त्रालयले शुक्रबार विज्ञप्तिमा जारी गर्दे उल्लेख गरेको छ ।
नेतान्याहुले प्यालेस्टिनी जनताको राज्यसत्ता सम्बन्धी कुनै पनि प्रयास वा विचारलाई विफल पार्न विश्व र प्यालेस्टाइनी जनतामा आफ्ना परम्परागत अवस्थाहरू थोपर्ने वा आदेश दिने प्रयत्न गरिए तीमध्ये कुनै पनि अन्तरराष्ट्रिय हस्तक्षेप स्वीकार नगर्ने उनले बताएको छ ।
प्रतिक्रिया