कविता : पुस्तकालय भित्र मुसा र धमिरा
बसन्त बस्नेत
२०८० फागुन १३ गते १०:०५

पुस्तकालय भित्र
हुलिएका मुसा र धमिरा
आआफ्नो साम्राज्य बढाउँदै छन्
दर्जनौँ दर्जन पुस्तक चपाउँछन्
फगत त्यिनहरुले जति साम्राज्य बढाए पनि
जति किताब चपाए पनि
त्यिनहरुले कहिले पनि
माइतीघर मा उभिएर विरोध गर्न सक्दैनन्
सिंहदरबार घेरेर
देश कब्जाउन सक्दैनन्
कारण त्यिनीहरुको दिमागमा
मात्र भोग छ
मात्र सम्भोग छ ।
सम्बन्धित
प्रतिक्रिया