आइतबार, वैशाख १६, २०८१

बढ्यो सुनको मूल्य

नेपालखोज २०८० फागुन १८ गते ११:२२

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रवार तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।

यस्तै शुक्रवार चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १३७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया