शनिबार, वैशाख १३, २०८२

धारिलो हतियार प्रहारबाट मृत्यु

नेपालखोज २०८० फागुन २२ गते ११:५६

मोरङ । पथरी शनिश्चरे नगरपालिका–७ लामा टोल बस्ने दाम बहादुर राईकी छोरी १५ वर्षीया ज्ञानमती फुलुङ राईको धारिलो हतियार प्रहारबाट सोमबार राति मृत्यु भएको छ ।

आफ्नै घर पछाडी रहेको ट्वाईलेट जाने क्रममा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय पथरी तथा धरानबाट केनाइनसहितको टोली खटि गई हतियार प्रहार गर्ने व्यक्तिको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया