मृत अवस्थामा फेला
नेपालखोज
२०८० फागुन २३ गते १५:२४

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बगरमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ३५ वर्षीय नागेश्वर यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–५ बढैयातालस्थित बाटो छेउमा बाँके खजुरा गाउँपालिका–८ बस्ने ९५ वर्षीय कल्लु खाँ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
पर्साको बिन्दाबासनी गाउँपालिका–५ हस्वा टोलस्थित खेतमा भारत बिहार पूर्वी चम्पारण अनसारुल हक–३ बक्सा गमहरिया बस्ने ४२ वर्षीय मोहमद ईरसाद मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया