जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
नेपालखोज
२०८० फागुन २३ गते १५:२७

कास्की । पोखरा महानगरपालिका–८ पृथ्वी चोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ छोरेपाटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका–८ घर भएका ५२ वर्षीय नारायण राना समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया