आइतबार, असार २२, २०८२

जनमत पार्टी सरकारमा सहभागी नहुने

नेपालखोज २०८० फागुन २९ गते १५:१०

काठमाडौं । जनमत पार्टी वर्तमान सरकारमा सहभागी नहुने भएको छ । यही फागुन २३ गते भएको पार्टी बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको सो पार्टीले आज विज्ञप्ति निकालेर जनाएको हो ।

पार्टीले नयाँ गठबन्धनमा नजाने र सरकारलाई पनि समर्थन नगर्ने निर्णय गरेको हो । इलामको प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ९१० मा जनमतले उम्मेदवारी दिने निर्णय गरेको छ ।

यसैगरी, सप्तरीमा गत माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया