आइतबार, असार २२, २०८२

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ : अध्यक्ष ओली

नेपालखोज २०८० चैत २ गते ८:२१

महेन्द्रनगर (कञ्चनपुर) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन् ।

एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गदै उनले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताए । ‘ हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रुपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ’, अध्यक्ष ओलीले भने, ‘यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।’

उनले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने बताए । उनले भने, ‘मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसित सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ ।’

प्रतिक्रिया