शनिबार, जेठ ४, २०८२

पहाडी भेगमा मेघ गर्जनसहित वर्षा, कोशी र गण्डकीमा हिमपातको सम्भावना

नेपालखोज २०८० चैत ६ गते ७:५०

काठमाडौं । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । पहाडी भेगका केही स्थानमा भने आज मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । मधेश प्रदेश र कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २८ दशमलव २ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया