शुक्रबार, वैशाख १२, २०८२

बागमती प्रदेशसभा बैठक बस्दै

नेपालखोज २०८१ वैशाख ३१ गते १२:१७

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभाको बजेट अधिवेशनको यो बैठक आज दिउँसो १ बस्ने बस्ने गरी आह्वान गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको बैठक आह्वान गरेका थिए । आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

त्यसैगरी आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया