मंगलबार, असार २४, २०८२

प्रधानमन्त्रीले गरे विश्वासको मतका लागि पत्राचार

नेपालखोज २०८१ जेठ ४ गते ८:५८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संसद् सचिवालयमा पत्र पठाएका छन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधानअनुसार उनले संसद् सचिवालयमा पत्राचार गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गठन भएको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया