शनिबार, असार २१, २०८२

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

नेपालखोज २०८१ जेठ ७ गते ११:५३

काठमाडौं । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

राष्ट्रपति रइसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो । हेलिकोप्टरमा बडिगार्ड, पाइलट, को-पाइलट, सुरक्षा प्रमुखलगायत अधिकारी पनि सवार थिए ।

राष्ट्रपति रइसी र विदेशमन्त्री अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको थियो ।

राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए । टर्की र रूसले पनि हेलिकप्टर खोज्नका लागि सहयोग गरेको थियो ।

प्रतिक्रिया