श्रीलंकामा भारी वर्षा, १० हजारभन्दा बढी मानिस प्रभावित
नेपालखोज
२०८१ जेठ ७ गते १५:३३

श्रीलङ्का । तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।
श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले भनेका छन्, ‘भारी वर्षा र प्रतिकूल मौसमका कारण सोमबार बिहानसम्म ३ हजार ५१८ परिवारका १० हजार २९९ जना प्रभावित भएका छन् ।’
मौसमी प्रतिकूलताका कारण केही व्यक्ति घाइते भएका र केही घरमा आंशिक क्षति भएको वैद्यरत्नले बताए । घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दक्षिणपश्चिम मनसुन सुरु भएको कारण भारी वर्षा र तीव्र हावा आएको जनाउँदै मौसम सुधार हुन अझै केही समय लाग्ने उनले बताए । यसैबीच, श्रीलङ्काको केन्द्रीय मौसम विभागले यस हप्ता धेरै जिल्लामा एक सय मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया