आइतबार, असार ३, २०८१

हमलामा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु

नेपालखोज २०८१ जेठ १० गते १०:१२

काठमाडौं । पट्टीका विभिन्न क्षेत्रमा इजरेली आक्रमणमा बुधबार कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको स्रोतले जनाएको छ ।

स्रोतले इजरेली सेनाले रातिदेखि आज बिहानसम्म पट्टीका क्षेत्रहरूमा हवाई र तोपखाना आक्रमणहरू शुरू गरेको बताएको छ ।

इजरेली विमानले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरको पश्चिममा रहेको आवासीय घरलाई निशाना बनाउँदा छ जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । उक्त घटनामा घाइते भएका सबैजनालाई अस्पताल लगिएको छ ।

विमानहरूले पट्टीको बीचमा अल–जावैदा सहरमा विस्थापित मानिसहरूको लागि अर्को घरमा बमबारी गर्दा १० व्यक्तिको मृत्यु भयो ।

इजरेलका विमानहरूले गाजा सहरको दक्षिणमा रहेको अल–जायटौन छिमेकमा घरहरू र कृषि भूमिमा आक्रमण गरेका थिए । आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

सहरको दक्षिणपश्चिममा रहेको ताल अल–हवा छेउछाउमा तोपको गोली लागेर अन्य १० जना घाइते भएका छन् ।

इजरेली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरको पूर्वी बाहिरी भागमा बमबारी गर्दा भौतिक क्षति पुर्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

यसैबीच दक्षिणी गाजा सहर रफाहमा इजरेली हवाई हमला र तोपको बमबारीका कारण पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई इजरेली सेनाले इजिप्टको सिमानामा रहेको फिलाडेल्फिया करिडोरको साथ रफाहमा पश्चिमतर्फ अघि बढिरहेको बताए ।

यसैबीच प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी ९युएनआरडब्लुएल० ले आपूर्ति र सुरक्षाको अभावका कारण रफाहमा खाद्यान्न वितरण स्थगित गरेको घोषणा गरेको छ ।

युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा भनेको छ, “रफाहमा खाद्यान्न वितरण हाल आपूर्तिको अभाव र असुरक्षाका कारण निलम्बित रहेको छ । साथै पूर्वी रफाहमा चलिरहेको सैन्य अपरेसनका कारण युएनआरडब्लुएले वितरण केन्द्र र डब्लुएफपी ९विश्व खाद्य कार्यक्रम० गोदाम दुवै रफाहमा पहुँचयोग्य नभएको उल्लेख गरेको छ ।”

इजरेलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरेली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजामा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गर्‍यो । हमासको आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका थिए भने करिब दुई सय ५० जनालाई बन्धक बनाइएको थियो ।

प्रतिक्रिया