आइतबार, असार २२, २०८२

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट

नेपालखोज २०८१ जेठ ११ गते ८:४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

प्रतिक्रिया