थामेगाउँमा आएको आकस्मिक बाढीमा फसेका ७ जनाको उद्धार
नेपालखोज
२०८१ साउन ३२ गते १६:५२

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामेगाउँमा आएको आकस्मिक बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एक विज्ञप्तिमार्फत उनीहरूलाई शुक्रबार सुरक्षित स्थानमा सारिएको जनाएको छ ।
भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
गाउँपालिकाकाले हिम पहिरो फुटेकोले बाढी आएको आशंका गरेको छ । बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया