बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाहाखाले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिकदेखि साधारणतया बदली रहेकोछ भने बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्ययम वर्षा भइरहेको महाशाखाे जनाएकाे छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
महाशाकाका अनुसार आज राति देशभर आन्शिकदेखि साधारणतया बदली रहने छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया