मंगलबार, वैशाख ३०, २०८२

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

नेपालखोज २०८१ भदौ ३ गते १०:४३

दार्चुला । गए राति परेको वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध भएको छ । लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्धहुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन् ।

पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ । आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।

प्रतिक्रिया