शनिबार, असार २१, २०८२

ट्रम्पको चुनावी अभियान इरानले ह्याक गरेको पुष्टि

नेपालखोज २०८१ भदौ ४ गते ९:४५

काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् ।

अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान जारी गरेका छन् ।

इरानले सामाजिक ईन्जिनियरिङ र दुवै राजनीतिक दलको राष्ट्रपति अभियानमा संलग्न अन्य प्रयासहरूमार्फत यो गर्ने प्रयास गरेको छ, विज्ञप्तिमा भनिएको छ ।

यसअघि ट्रम्पको चुनावी अभियानले इरानी ह्याकरहरूले यसको आन्तरिक सञ्‍चार ह्याक गरेको बताएको थियो । यद्यपि ट्रम्पको अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया