कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
नेपालखोज
२०८१ भदौ ७ गते ८:२१

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने जनाइएकाे छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया