इरानमा बस दुर्घटनामा परी मृत्यु भएका पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता

पाकिस्तान । प्रमुख शिया मुस्लिम अनुष्ठानमा जाने क्रममा इरानमा बस दुर्घटनामा परी मृत्यु भएका २८ जना पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता ल्याइएको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार ५१ जना पाकिस्तानी तीर्थयात्री सवार बस इराक जाँदै गर्दा इरानको तेहरानस्थित याज्द सहरमा मङ्गलबार दुर्घटनामा परेको हो ।
पाकिस्तानी झण्डा ओढाइएका कफिनहरू शुक्रबार ज्याकोबाबाद सहर आइपुगेको र शवलाई एम्बुलेन्समार्फत उनीहरूको गृहनगर पुर्याइएको एएफपीका एक पत्रकारले बताए ।
दुर्घटनामा घाइते भएका अन्य तीर्थयात्रीको कराचीको अस्पतालमा उपचार भइरहेको छ ।
मृत तिर्थयात्रीमध्ये ११ जना महिला तथा १७ जना पुरुष रहेको याज्द प्रान्तको सङ्कट व्यवस्थापन प्रमुख अली मालेक–जाडेहले बताए ।
इरान ट्राफिक प्रहरीका प्रमुख टेमर होसेनीले दुर्घटनाको कारण ब्रेक फेल एवं अप्ठ्यारो ठाडो सडक संरचना रहेको बताएकोछ ।
प्रतिक्रिया