सोमबार, वैशाख २९, २०८२

कोसी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा कस्ताे रहला ?

नेपालखोज २०८१ भदौ १० गते ६:१८

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा रहेकाे महाशाखाले जनाएकाे छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रहँदा आज बिहान कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । 

बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया