प्रचण्डले दिए २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती
नेपालखोज
२०८१ भदौ ११ गते १४:३५

काठमाडाैं । प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन्। उनले भने, “यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत।”
उनले प्रधानमन्त्रीलाई चुनौती दिँदै भने, “प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याबिनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव। प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ।”
प्रचण्डको यो वक्तव्यले नेपालमा राजनीतिक अस्थिरता थप बढाउने संकेत मिलेको छ, र आगामी दिनहरूमा सरकारप्रति जनताको असन्तुष्टि झन् चुलिन सक्ने सम्भावना देखिन्छ।
सम्बन्धित

प्रतिक्रिया