सोमबार, वैशाख २९, २०८२

भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ भदौ १२ गते १४:११

काठमाडौं । विभिन्न प्रलोभनमा पारी भारतको कलकत्तामा पुर्यारई मानव अंग मृगौला बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका–२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले पीडितलाई मृगौला बिक्रि गरेमा १० लाख कमाउन सकिने प्रलोभनमा पारी पीडितको स्वाथ्य परीक्षण गराई काठमाडौंबाट वीरगंज हुँदै भारतको कलकत्ता पुर्याएिको खुल्न आएको छ । थप अनुसन्धानको क्रममा मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परीवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाई धाक धम्की दिई उल्लेखित रकम समेत नदिई जवरजस्ती मृगौला प्रत्यारोपण गरेको खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

विभिन्न सामाजिक संजालको दुरूपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी सोनमा गाउँपालिका–८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने २२ वर्षीय रोहित रन्जन यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

थाइल्याण्डमा बसोबास गर्ने एलेन अरबि श्रेष्ठको कार दुर्घटनामा परी मृत्यु भएको र निजको नाममा थाइल्याण्डस्थित क्ष्बm कमर्सियल बैंकको खातामा रहेको ८५ लाख अमेरिकी डलर निकाल्न निजको उत्तराधिकारी कोही नभएकोले सो रकम बैंकबाट निकाल्न उत्तराधिकारी बनाई रकम निकाली दिन्छौ भनी प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ९९ लाख ६४ हजार ७ सय रूपैयाँ रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुर्यविनायक नगरपालिका–८ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३५ वर्षीय सुमन थापा र कालीकोट तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–७ पशुपती बस्ने ४० वर्षीय कन्नजित राउत रहेका छन् ।

पक्राउ पर्ने मध्ये देव र भीमले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रूपैयाँ, सुमनले १ जना पीडितबाट १२ लाख रूपैयाँ र कन्जितले १ जना पीडितबाट ३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले देव र भिमलाई कञ्चनपुर नगरपालिका–१० गड्डाचौकीबाट, सुमनलाई काठमाडौं टोखा नगरपालिका–३ बाट र कन्नजितलाई काठमाडौं महरानगरपालिका–७ पशुपतिबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट नौं जना पक्राउ

काठमाडौं महानगरपालिका–२६ निखिलमार्गस्थित गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६३ मिलिग्राम सहित दाङ घोराही उपमहानगरपालिका–९ घर भई ललितपुर सानेपा बस्ने २५ वर्षीय मनिष शाह समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले गेस्टहाउसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सागर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१ धोबीगौडा बस्ने २९ वर्षीय विराज रजकलाई उनकै घरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय ५० ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट २१ चक्की सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाइ छिपाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा परिवर्तन गाउँपालिका–४ काफ्लबोट बस्ने ५८ वर्षीय डम्मर बहादुर पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती किशोरीलाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाछावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बरहथवा नगरपालिका–३ हजरियास्थित सडकमा साइकलको ठक्करबार पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय राम चन्द्र महतोको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल बरहथवा हुँदै एलएस न्यूरो अस्पताल प्रसौनी बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले साइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया