समसामयिक राजनीतिक विषयमा उठेका मुद्दामा आफ्नाे दृष्टिकोण सार्वजनिक गर्दै एमाले

नेपालखोज २०८१ भदौ १३ गते ८:४०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।

आजकाे बैठकबाट समसामयिक राजनीतिक विषयमा उठेका केही मुद्दामा पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो ।

पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।

प्रतिक्रिया