आइतबार, वैशाख २८, २०८२

समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सदृढ गर्नुपर्छ : देउवा

नेपालखोज २०८१ भदौ १४ गते १८:३६

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सदृढ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक बिमोचन गर्दै सभापति देउवाले अहिलको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सदृढ गर्नुपर्ने बताएका हुन् ।

उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सवै दलले आवश्यक ठाने संविधान संशोधन हुन सक्ने धारणा राखे । सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए ।

संविधानमा केहि कमिकमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ । त्यस्तै उहाले टीआरसीका बिषयलाई सर्वसम्मत रुपमा पास भइ राष्ट्रपतिबाट प्रमाणिकरण समेत भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास व्यक्त गरे ।

देउवाले अहिलको अवस्थामा लोकतन्त्र, मानवअधिकार निकै महत्वपूर्ण विषय भएको धारणा राख्दै भयमुक्त समाज निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया