शुक्रबार, असार २०, २०८२

स्वायत्त ड्राइभिङ टेक्नोलोजीको विकासमा जोड : बीएमडब्लु

नेपालखोज २०८१ भदौ १५ गते १५:४०

शेनयाङ । जर्मन कार निर्माता बीएमडब्लु समूहले उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी शेनयाङमा रहेको अनुसन्धान र विकास केन्द्रमा यस वर्षको अन्त्यमा सुरु हुने नयाँ सुविधासहितको स्वायत्त ड्राइभिङ प्रविधिको विकासलाई तीव्रता दिने जनाएको छ ।

शेनयाङ केन्द्रले यस वर्ष सेप्टेम्बर र डिसेम्बरमा एक स्वायत्त ड्राइभिङ डाटा प्रोसेसिङ सेन्टर र एक स्वायत्त ड्राइभिङ परीक्षण कार्यशाला खोल्ने योजना बनाएको बीएमडब्लु समूहले जनाएको छ ।

डाटा प्रोसेसिङ सेन्टरले स्वायत्त ड्राइभिङ टेस्ट डाटालाई कुशलतापूर्वक प्रशोधन गर्न मद्दत गर्नेछ । स्वायत्त ड्राइभिङ परीक्षण कार्यशालाले मुख्य रूपमा नयाँ स्थानीय मोडेलका लागि स्वायत्त ड्राइभिङ कार्यहरू प्रमाणीकरण गर्नेछ ।

चिनियाँ अनुसन्धान र विकास (आरएण्डडी) टोलीले स्वायत्त ड्राइभिङ टेक्नोलोजीको सम्भावना र सीमाहरू विस्तार गर्ने र उच्चस्तरको स्वायत्त ड्राइभिङ टेक्नोलोजीको प्राप्तिमा जोड दिने कार निर्माताले बताए ।

बीएमडब्लु ब्रिलायन्स आरएण्डडी सेन्टरका उपाध्यक्ष प्याट्रिक मुलरले बीएमडब्लु ब्रिलायन्स अटोमोटिभ लिमिटेडले भविष्यमा सेनयाङसँग सवारीसाधन परीक्षण, सूचना आदानप्रदान, स्वायत्त ड्राइभिङ नीति र नियमहरू बनाउने क्षेत्रमा सहकार्य गर्दै यसलाई सुदृढ गर्ने बताए ।

जर्मन कार निर्माता बीएमडब्लु विश्वव्यापी रुपमा धैरै उत्पादन गर्ने कम्पनी हो ।

प्रतिक्रिया