सोलो ट्रिपका लागि संसारका उत्कृष्ट सहर !
काठमाडाैं । हिजोआज सोलो ट्रिप (एकल यात्रा) निकै लोकप्रिय हुँदै गएको छ । केही समयअघि सार्वजनिक भिसा ग्लोबल ट्राभल इन्टेन्सन स्टडीको रिपोर्ट अनुसार विश्वका करिब २४ प्रतिशत मानिस एक्लै यात्रा गर्न रुचाउँछन् । अहिले आएर एक अर्को रिपोर्टमा एकल यात्राका लागि विश्वका १० उत्कृष्ट सहरको नाम सार्वजनिक भएको छ । वर्ल्ड अफ स्ट्याटिस्टिक्सले ‘कायाक’ लाई उद्धृत गर्दै यी सहरको सूची सार्वजनिक गरेको हो ।
लन्डन – एकल यात्राका दृष्टिले संसारको १० औँ सर्वश्रेष्ठ सहर लन्डन हो ।
मेक्सिको सिटी – एकल यात्राका लागि उत्कृष्ट सहरहरूको सूचीमा मेक्सिको सिटी ९ औँ स्थानमा छ।
दुबई – दुबईको नाम पनि संसारको १० उत्कृष्ट सोलो ट्रिप सहरको सूचीमा समावेश छ । दुबई यो सुचीको आठौँ स्थानमा छ ।
टोरन्टो – टोरन्टो यो सुचीको सातौँ स्थानमा रहेको क्यानाडेली सहर हो।
डब्लिन – आयरल्यान्डको राजधानी डब्लिन विश्वको छैटौँ सहर हो जुन एकल यात्राका लागि प्रसिद्ध छ । यो सहर डब्लिन क्यासल, सेन्ट प्याट्रिक क्याथेड्रल, गिनिज स्टोरहाउस, किल्मेनहम जेल तथा टेम्पल बारका लागि प्रसिद्ध छ ।
मिलान – इटालीको मिलान सहर एकल यात्राका लागि पनि उत्कृष्ट सहर हो । मिलान क्याथेड्रल सान्ता, मारिया डेले ग्राजी, ग्यालेरिया भिट्टोरियो इमानुएल , क्वाड्रिलेटरो डी’ओरो बाहेक घुम्न लायक अन्य धेरै ठाउँहरूका कारण लोकप्रिय भएको हो ।
पेरिस – पेरिस यो सुचीको चौथो स्थानमा छ । यहाँ एफिल टावर, नोट्रे डेम क्याथेड्रल , लौवरे संग्रहालय, च्याप्स एलिसीज़/आर्क अफ ट्रायम्फ र वर्सेल्सको भ्रमण गर्न सकिन्छ ।
मन्ट्रियल – क्यानाडाको मन्ट्रियल एकल यात्राका लागि विश्वको तेस्रो उत्कृष्ट सहर हो।
भ्यानकुभर – क्यानाडाको भ्यानकुभर एकल यात्राको सन्दर्भमा विश्वको दोस्रो उत्कृष्ट सहर हो । यहाँ स्टेनली पार्क, ग्रेनभिल आइल्याण्ड, एन्थ्रोपोलॉजिकल म्यूजियम, किट्सिलानो बीच तथा ग्राउज माउन्टेनको भ्रमण गर्न सकिन्छ जसले उत्कृष्ट अनुभव प्रदान गर्दछन ।
बर्लिन – जर्मनीको राजधानी बर्लिन एकल यात्राका लागि विश्वका १० उत्कृष्ट सहरको शीर्षमा छ । ब्रान्डनबर्ग गेट, चेकपोइन्ट चार्ली र संग्रहालय टापु बाहेक, त्यहाँ धेरै यस्ता ठाउँहरू छन् जहाँ एकल भ्रमणको आनन्द उठाउन सकिन्छ ।
प्रतिक्रिया