पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कमलाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका–३ मनकामना टोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ
अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान सरूमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरूङ गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् । पक्राउमध्ये हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन जस्तो देखिने धातुको ढिक्का १ थान, बेरूवा औंठी १ थान, मोबाइल १ थान सहित प्रहरीले पक्राउ गरेको हो । साथै बाह्यन मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान, मोबाइल २ थान र ल्यापटप १ थान सहित फेला पारी देवराजलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्याक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छजना पक्राउ
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्राम सहित चितवन राप्ती नगरपालिका–३ झुरझुरे बस्ने २६ वर्षीय विज्ञान तिमल्सिना समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.४ ख २०६३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र रहेको उक्त परिमाणाको गाँजा फेला पारी चालक तिमल्सिना समेत दुई जनालाई पक्राउ गरेको हो । बाँकेको बैजानाथ गाउँपालिका–७ बस्ने २४ वर्षीय सरोज कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय मेराज शेषलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित भारत बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्रलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

प्रतिक्रिया