सबैभन्दा दानी बस्ने देश !
काठमाडाैं । वर्ल्ड गिभिङ इन्डेक्स अफ च्यारिटी एड फाउण्डेसन (CAF) ले संसारको कुन देशका मानिसले अपरिचितहरूलाई सबैभन्दा बढी मद्दत गर्छन् भन्ने रेकर्ड राख्छ । यसका लागि १४० भन्दा बढी देशका १,४५,००० भन्दा बढी मानिस बिच सर्वेक्षण गरिएको थियो।
सबैभन्दा दानी मानिस
यो सूचकाङ्कमा इन्डोनेसिया पहिलो स्थानमा छ । त्यहाँका ९० प्रतिशत जनताले कुनै न कुनै रूपमा दान गरेका छन् वा अपरिचित व्यक्तिलाई सहयोग गरेका छन् । त्यसपछि म्यानमार (७८ प्रतिशत), माल्टा (७४ प्रतिशत), आइसल्यान्ड (७१ प्रतिशत) तथा सिंगापुर (६८ प्रतिशत) छन् ।
सिंगापुरमा दानीहरू बढे
सिंगापुर २०२२ को तुलनामा २०२३ मा १९ स्थान माथि उक्लँदै तेस्रो स्थानमा पुगेको छ । दान गर्ने मामिलामा ग्रिस, फिलिपिन्स र सिंगापुरले सबैभन्दा धेरै प्रगति गरेका छन् । ग्रिसले अपरिचितहरूलाई मद्दत गर्ने मामिलामा सबैभन्दा ठुलो प्रगति देख्यो भने सिंगापुरले स्वयंसेवामा सबैभन्दा ठुलो वृद्धि रेकर्ड गर्यो।
महाद्वीपहरूमा
एसिया, युरोप तथा अफ्रिकाका देशको नाम १० सबैभन्दा परोपकारी देशहरूको सूचिमा अग्रस्थानमा छ । सन् २०२३ विश्वको ७३ प्रतिशत जनसङ्ख्याले या त पैसा दान गर्यो वा स्वयंसेवा गर्यो वा अपरिचित व्यक्तिलाई मद्दत पुर्यायो ।
अजरबैजानको उअल्टो गति
यो वर्ष अजरबैजान ६५ स्थान तल झरेर ११९ औँ स्थानमा पुगेको छ, जुन यो वर्षको सबैभन्दा ठुलो गिरावट हो। विगत एक दशकमा युक्रेन, इन्डोनेसिया, चाड, रुस र चीन जस्ता देशले सूचकाङ्कमा २५ वा त्यसभन्दा बढी अङ्कले सुधार गरेका छन् ।
चीन तथा भारत
२०१६ मा परोपकार कानुन लागू लागू भए यता चीनमा चन्दामा ३८८ प्रतिशत तथा स्वयंसेवामा ४४१ प्रतिशतले वृद्धि भएको छ । यो सूचकाङ्कमा भारत २६ औँ स्थानमा छ । चन्दा दिनेमा भारत ४८ नम्बरमा छ । ६५ प्रतिशतले भारतीयले अपरिचित व्यक्तिलाई सहयोग गरेका छन् भने ३८ प्रतिशतले रक्तदान गरेका छन् ।
प्रतिक्रिया