नेप्सेमा करेक्सन, ७८ अंकले बढ्दा आठ अर्ब १६ करोडको शेयर किनबेच

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । यसअघि लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ७८ दशमलव १७ अंकले बढेर २६ सय ८८ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ४० अंकले बढेर चार सय ७६ दशमलव ४८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख तीन हजार चार सय ६२ पटकको कारोबारमा एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब १६ करोड ९७ लाख ७४ हजार छ सय १२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेर बाँकी समुहहरुको सुचक उच्च अंकले बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दशमलव ६० अंकले बढेर १४ सय ८८ दशमलव ६९ अंकमा पुगेकोमा बिकास बैक समुहको सुचक पनि एक सय ४१ दशमलव २२ अंकले बढेर पाँच हजार तीन सय ७१ दशमलव ४७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय १२ दशमलव ५३ अंकले बढेर तीन हजार चार सय १७ दशमलव ४९ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ३५ दशमलव शुन्य दुई अंकले बढेर ३३ सय १८ दशमलव ९८ अंकमा पुगेको छ । यसैगरी जीवन बीम समुहको सुुचक पनि चार सय ४१ दशमलव २७ अंकले बढेर १३ हजार एक सय ६९ दशमलव ९९ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ६६ दशमलव ५६ अंकले बढेर १३ हजार चार सय ७४ दशमलव ४४ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ ।
प्रतिक्रिया