रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

नेपालखोज २०८१ भदौ २९ गते १०:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल तथा राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्ट बारे कार्यवाहक महामन्त्रीले ब्रिफिङ गर्ने जनाइएकाे छ ।

त्यस्तै, बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल, राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे सबै उपसमितिद्वारा प्रस्तुत र छलफल हुने छ ।

प्रतिक्रिया