लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
नेपालखोज
२०८१ भदौ ३१ गते ८:१५

बुटवल । लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको ३४ औँ बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०र०८१ सभामा पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले बताए ।
बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस हुने छ ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफसहित मन्तव्य राख्ने कार्यसूची पनि रहेको छ । साथै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने समेत कार्यसूची राखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया