बुधबार, असार १८, २०८२

रोकिएन नेप्सेको निरन्तरको गिरावट, ५७ अंकले घट्दा २५ सय अंकमा झर्यो नेप्से

नेपालखोज २०८१ भदौ ३१ गते १५:३४

काठमाडाैं । नेप्सेको निरन्तरको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५० दशमलव ७३ अंकले घटेको नेप्से आज पुन ५७ दशमलव शुन्य तीन अंकले घटेर २५ सय ८० दशमलव ७६ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५४ अंकले घटेर चार सय ६० दशमलव ११ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ९२ हजार आठ सय १५ पटकको कारोबारमा एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ३६ करोड १९ लाख ८८ हजार तीन सय ८३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दशमलव ५६ अंकले घटेर १४ सय ५१ दशमलव २५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ४२ दशमलव ५९ अंकले घटेर पाँच हजार ९३ दशमलव ९५ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि एक सय ८६ दशमलव ७५ अंकले घटेर तीन हजार एक सय आठ दशमलव ५२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ७४ दशमलव ६५ अंकले घटेर ३१ सय ९६ दशमलव ४१ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ४४ दशमलव ९६ अंकले घटेर १२ हजार पाँच सय ६३ दशमलव ८३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५२ दशमलव ७६ अंकले घटेर १२ हजार नौं सय २९ दशमलव ८३ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया