रास्वपाले पहिलो महाधिवेशन बैशाखको अन्तिम साता गर्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) आफ्नो पहिलो महाधिवेशन आगामी बैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ । पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे ।
साथै उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमितिमा रुपान्तरण गरिएको घोषणा समेत गरे । त्यस्तै लामिछानले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’को पनि घोषणा गरे ।
त्यस्तै आफ्नो राजनीतिक प्रतिवेदन पढेर सुनाउदै लामिछानले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरे ।
उनले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने बताए ।
सातवटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको संख्या भने ५०० भन्दा मुनि झारिने उनको प्रस्ताव छ । लामिछानले रास्वपाका नेताहरुमाथि झुटा मुद्दा आरोप लगाउने काम भएको र सबै दल मिलेर एक्लाउने काम भएको समेत बताए ।

प्रतिक्रिया