मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

नेपालखोज २०८१ असोज २ गते १९:३९

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंका अनुसार विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हाे ।

प्रसाईंले विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको कारण प्रहरीको साइबर ब्युरोले पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी गरिएकाे हाे ।

प्रतिक्रिया