दसैँ टीकाकाे उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
नेपालखोज
२०८१ असोज ४ गते २१:३५

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैंको साइत सार्वजनिक गरेकाे छ । समितिका अनुसार टीकाकाे उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत रहेकाे रहेको नेपाल पञ्चांक निर्णायक विकास समितिले जनाएको हाे । समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।
त्यस्तै, नवरात्रारम्भको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेट रहेको समितिले जानकारी दिएको छ । साथै टीकाकाे दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

सम्बन्धित
प्रतिक्रिया