बिहीबार, कार्तिक २२, २०८१

शनिदेवलाई प्रसन्न राख्ने उपाय

नेपालखोज २०८१ असोज ५ गते ५:४४

शनिदेवलाई प्रसन्न पार्न चाहनुहुन्छ शनिबार निकै शुभ दिन हो । शनिदेवको कृपा प्राप्त गर्न शनिबार निकै शुभ मानिन्छ । किनभने यो दिन शनिदेव प्रति समर्पित छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने शनिबार तोरी तथा तिलको तेल दान गर्नुपर्छ । जसका कारण शनिको अढैया वा साढे सात शनिको प्रकोप बाट मुक्ति मिल्नेछ ।

अहिले शनिदेवको विशेष नजर रहेका पाँच राशी छन् । शनिको अढैया कर्कट र वृश्चिक राशीमा चलिरहेको छ भने धनु, मकर, कुम्भ राशीमा साढे सात शनि चलिरहेको छ ।

यस दिन शनिदेवको पूजा गरे शनिदेवको प्रभाव कम हुन्छ । यस दिन खाँचोमा परेकाहरूलाई अन्न र तेल दान गर्नुपर्छ ।

ध्यानमा राख्नुहोस् शनिदेवको पूजा मन्दिरमा मात्र गरिन्छ, त्यसैले यस दिन शनि मन्दिरमै पुगेर पूजा गर्नुपर्छ भने कालो वा नीलो कपडा लगाउनु उपयुक्त हुन्छ । शनिको मन्त्र स् ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः

प्रतिक्रिया