शुक्रबार, वैशाख २१, २०८१

पनौतीको मकर मेला (फाेटाे फिचर)

सुनील उलक २०७८ पुष १० गते १०:१५
No description available.
मकर मेला वि. स. १९९४ तस्बिर : दीर्घमान चित्रकार

हुन त पूर्णमती शब्दबाट नै पनौती भएको भनिन्छ । यो सहरको इतिहास धेरै पुरानो छ । इसा पूर्व १०८२ देखि नै पनौती गाउँको विकास भोट जाने बेला बास बस्न थालेर बनेको भनिन्छ । यो सहर तीनवटा नदी रोशमती, पूण्यमती र अदृश्य लीलावतीको त्रीवेणीमा बनेको सानो गाउँ हो ।

No description available.
मकर मेला वि.स. २०३० तस्बिर : बद्री बनेपालि

त्यसैले यो ठाउँलाई उत्तर प्रयाग पनि भन्ने गरिन्छ । गंगा जमुना तथा अदृश्य सरस्वतीको त्रीवेणीलाई प्रयाग भनिन्छ भने यस संगमलाई उत्तर प्रयाग भन्ने गरिन्छ ।

वि.सं. ११५३ मा राजा आनन्ददेव मल्लले सातवटा सहर बसाउँदा यो सहरको पनि स्थापना गरि राज्य चलाएका थिए । यहाँ रहेको इन्द्रेश्वर महादेवको मन्दिर राजा जयादित्य मल्लको विधवा रानी भिरम्मादेवीले वि.सं. १३५१ तिर स्थापना गरेका थिए । किंवदन्ती अनुसार गौतम ऋषीका पत्नी अहिल्यासंग पनि यो स्थानको कथा गासिएको छ । इन्द्र देवता श्राप मूक्त भएको पनि यहि स्थानको कथा गासिएको छ ।

No description available.
मकर मेला वि.स. २०४२ तस्बिर : मणि लामा

श्रापमुक्त हुन बाँसले टेक्दै हिड्ने क्रममा यहिको ढुंगामा टेक्दा श्रापमुक्त भएका थिए । त्यसैले पँल्वहबाट नै पनौती भएको भन्ने पनि गरिन्छ । भक्तपुरका राजा भुपतिन्द्र मल्लले आफ्नो छोरीलाई दाईजोको रुपमा दिइएको यो राज्य रणजित मल्लले एकिकरण गरी आसपासका सम्पूर्ण राज्यलाई भक्तपुरमा गाभ्दा पनौती पनि भक्तपुरको हिस्सा बनाएको थियो ।

वि.सं. १८२० कार्तिक ११ मा पृथ्वीनारायण शाहको सेनापती दलजित शाहको नेतृत्वमा आएको सेनाले पनौतीलाई गोरखा राज्यमा गाभेका थिए । यही पनौतीको उत्तर प्रयागको संगममा हरेक बाह्र वर्षमा मकर मेला लाग्ने गर्छ । माघ १ गते सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुँदा मकर संक्रान्तीको रुपमा मनाउने गरिन्छ ।

No description available.
मकर मेला वि.स. २०५४ तस्बिर : कार्लोस फ्रान्का

नेपालका विभिन्न स्थान तथा विभिन्न जातिले विशेष रुपले मकर संक्रान्ती मनाउने गरिन्छ । तर पनौतीमा भने हरेक १२ वर्षमा मकर संक्रान्तीको दिन मकर मेला लाग्ने गर्छ । भारतमा पनि कुम्भ संक्रान्तीको दिनमा कुम्भ मेला लाग्ने गर्छ । यो कुम्भ मेला पनि हरेक १२ वर्षमा लाग्ने गर्छ ।

इलाहावाद नजिकै प्रयागमा हरेक १२ वर्षमा कुम्भ मेला लाग्ने गर्छ । भारतको चार सहरमा कुम्भ मेला लाग्ने गर्छ । प्रयाग, हरिद्वार, नासिक र उज्जैनमा कुम्भ मेला लाग्दछ । पौराणिक किम्वदन्तीअनुसार देवता र राक्षसबीच समुन्द्र मन्थनपछि प्राप्त भएको अमृतको कुम्भ (घडा) बोकेर भगवान् विष्णु जाँदै थिए ।

No description available.
मकर मेला वि.स. २०६६ तस्बिर : ज्वलन्त श्रेष्ठ

यसरी जाने क्रममा कुम्भबाट चार थोपा अमृत पोखियो । यसरी अमृत पोखिएको चार ठाउँ प्रयाग, हरिद्वार, नासिक र उज्जैनमा कुम्भ मेला लाग्ने गरेको हो ।

यहाँ कुम्भ मेलाको समयमा डुबुल्की मारेमा अमृतपान हुने तथा रोगब्याधीबाट मुक्त हुने तथा पूण्य मिल्ने बिश्वास गरिन्छ । यस वर्ष पनौतीमा माघ महिनाभर मकर मेला लाग्दैछ । मकर संक्रान्ती देखि कुम्भ संक्रान्तीसम्म लाग्ने यो मेलाको भव्य तैयारी भइरहेको छ ।

No description available.
मकर मेला वि.स. २०७८ ( माघ १ गते देखि ) तस्बिर : प्रशान्त श्रेष्ठ

प्रतिक्रिया