‘समावेशी समानुपातीक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातीक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा कांग्रेस महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातीक प्रणालीलाई बलियो बनाउदै समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने समेत बताए ।
उनले कुनै पनि अवस्थामा मुलुक समावेशी समानुपातीक प्रणालीबाट पछि हट्न नसक्ने धारणा राखे । मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिएपनि आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने गरि तयारी गर्नुपर्ने उनले बताए ।
त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले समावेशी समानुपातीक प्रतिनिधित्वलाई बढाउँदै लैजानुपर्ने बताए । उहाले एमाले–कांग्रेसको साझा न्यूनतम कार्यक्रममा समेत अहिलेको व्यवस्थालाई सुदृढ बनाउने गरि संविधान संशोधनको बहस हुने जिकिर गरे । उनले निर्वाचन कानूनलाई पनि समयसापेक्ष बनाउनका लागि पनि व्यवस्थीत बहसको जरुरी रहेको बताए ।

प्रतिक्रिया