कहाँ छन इन्स्टाग्रामका बढि प्रयोगकर्ता ?

काठमाडाैं । अहिलेको संसारमा सामाजिक सञ्जाल निकै महत्त्वपूर्ण छ भने इन्स्टाग्राम ( Instagram ) संसारकै सबैभन्दा लोकप्रिय प्लेटफर्महरू मध्ये एक हो। इन्स्टाग्राम युवाहरूले मात्र नभई सेलिब्रेटीहरू, व्यवसायिक पेशेवरहरू तथा विभिन्न क्षेत्रका मानिसहरूले पनि प्रयोग गर्छन्।
विश्व स्तरमा सामाजिक सञ्जालको तथ्याङ्क निकाल्ने साइट डाटारिपोर्टल ( DataReportal ) का अनुसार हरेक महिना २ अर्ब मानिस इन्स्टाग्राम एपमा सक्रिय रहन्छन् । इन्स्टाग्राम आज संसारको सबैभन्दा लोकप्रिय सोशल मिडिया प्लेटफर्म मध्ये एक हो जहाँ मानिसहरूले फोटो र भिडियोहरू साझा गर्न सक्छन् । यहाँ ती १० देशका बारेमा जानकारी दिइदैछ जहाँ इन्स्टाग्रामका सबैभन्दा बढि प्रयोगकर्ता छन्।
भारत
इन्स्टाग्रामका सबैभन्दा बढि प्रयोगकर्ताका आधारमा भारत पहिलो नम्बरमा छ। भारतमा इन्स्टाग्रामका ३८५.३५ लाख प्रयोगकर्ता छन् ।
संयुक्त राज्य अमेरिका
अमेरिका यो सुचिको दोस्रो स्थानमा छ जहाँ १६६.१५ मिलियन मानिस इन्स्टाग्राम प्रयोग गर्छन् ।
ब्राजिल
ब्राजिल तेस्रो स्थानमा छ, जहाँ १३५.०५ मिलियन मानिस इन्स्टाग्राममा जोडिएका छन्।
इन्डोनेसिया
९९.४ मिलियन प्रयोगकर्ताका साथ यो सुचिको चौथो स्थानमा इन्डोनेसिया छ ।
टर्की
पाँचौं स्थानमा टर्कि छ, जहाँ ५८.४५ मिलियन मानिस इन्स्टाग्राम प्रयोग गर्छन्।
जापान
जापान ५५.५ मिलियन प्रयोगकर्ताका साथ छैठौं स्थानमा छ।
मेक्सिको
मेक्सिको सातौं स्थानमा छ जहाँ ४६.७ मिलियन मानिस इन्स्टाग्रामसँग जोडिएका छन् ।
जर्मनी
जर्मनी यो सुचिको आठौं स्थानमा छ जहाँ ३२.८५ मिलियन मानिस इन्स्टाग्राम प्रयोग गर्छन्।
युनाइटेड किङडम
युनाइटेड किङडम यो सूचीको नवौं स्थानमा छ जहाँ ३१.९ मिलियन मानिस इन्स्टाग्राममा जोडिएका छन्।
इटाली
इटाली दशौं स्थानमा छ, जहाँ २८.४५ मिलियन मानिसले इन्स्टाग्राम प्रयोग गर्छन्।
प्रतिक्रिया