प्रतिव्यक्ति सम्पत्तिको हिसाबले सबैभन्दा धनी देश कुन–कुन ?
काठमाडाैं । यूबीएस ( UBS ) बैङ्कको वार्षिक ग्लोबल वेल्थ रिपोर्ट अनुसार सन् २०२३ मा विश्वमा कुल सम्पत्ति र धनी व्यक्तिको सङ्ख्यामा तीव्र वृद्धि भएको थियो ।
विश्वव्यापी रूपमा सम्पत्ति वृद्धि
सेयर बजारको पुनरुत्थान तथा मुद्रास्फीतिमा आएको गिरावटका कारण सन् २०२३ मा विश्वव्यापी सम्पत्ति ४.२ प्रतिशतले बढेको थियो । यस मध्ये पनि सबैभन्दा ठुलो सम्पत्ति वृद्धि युरोप, मध्यपूर्व र अफ्रिकामा भएको छ भने अमेरिकामा २.५ प्रतिशतले वृद्धि भएको छ।
औसत सम्पत्तिका आधारमा सर्वाधिक धनी देशहरू
७०९,६१२ डलरको औसत प्रतिव्यक्ति सम्पत्तिका साथ स्विट्जरल्याण्ड यो सूचिको पहिलो स्थानमा छ भने त्यसपछि लग्जेम्बर्ग, हङकङ, अमेरिका र अष्ट्रेलिया छन् ।
साना देशहरूको समृद्धि
धनी देशहरूमा धेरैजसो साना देश छन् र उनीहरू धेरै राम्रो आर्थिक अवस्थामा छन्, जस्तै लक्जमबर्ग तथा सिंगापुर, जसले विदेशी लगानी एवं व्यापार नीतिहरूबाट प्रशस्त लाभ उठाइरहेका छन्। लक्जमबर्गमा औसत प्रतिव्यक्ति सम्पत्ति ६,०७,५२४ डलर छ भने सिंगापुरमा यो ३,९७,७०८ डलर छ ।
सबैभन्दा धनी Luxembourg
यदि जनसङ्ख्याको गरिब र धनी वर्ग बिचको औसतलाई हेर्ने हो भने Luxembourg मा सबैभन्दा बढी प्रतिव्यक्ति औसत सम्पत्ति ३,७२,२५८ डलर छ। त्यसपछि अष्ट्रेलिया, बेल्जियम, हङकङ तथा न्यूजिल्याण्ड छन् ।
सबैभन्दा धनी जनसङ्ख्या
Luxembourg का करिब १६ प्रतिशत मानिस करोडपति छन् भने ५६ वटा देशमा औसत १.५ प्रतिशत मात्रै करोडपति छन् तर त्यहाँ एक जना पनि अर्ब पति छैनन्। Luxembourg को जनसङ्ख्या ६,५३,००० छ । सङ्ख्याको हिसाबले अमेरिकामा सबैभन्दा धेरै करोडपति छन्। त्यहाँ करिब २ करोड २० लाख मानिससँग दस लाख डलर भन्दा बढीको सम्पत्ति छ।
एसिया-प्रशान्त क्षेत्रमा सबैभन्दा तीव्र वृद्धि
बितेका १५ वर्षमा एसिया-प्रशान्त क्षेत्रमा सबैभन्दा बढी १७७ प्रतिशतले सम्पत्ति बढेको छ। दोस्रो स्थानमा अमेरिका छ जहाँ करिब १४६ प्रतिशतले सम्पत्ति वृद्धि भएको छ । ईएमईए ( EMEA) अर्थात् युरोप, मध्य पूर्व तथा अफ्रिकामा यो वृद्धि केवल ४४ प्रतिशत छ ।
प्रतिक्रिया