सोमबार, असार १६, २०८२

पाकिस्तानमा आतङ्कवादी गतिविधिमा तीव्र वृद्धि

नेपालखोज २०८१ असोज १० गते ९:४९

क्वेटाको पूर्वी बाइपास नजिकैको एक प्रहरी भ्यानलाई लक्षित गरी भएको विस्फोटमा १२ जना घाइते भएका छन् । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले प्रहरी भ्यानलाई लक्षित गरि आक्रमण भएको पुष्टि गरे । बलुचिस्तान स्वास्थ्य विभागले विस्फोटमा घाइते भएका १२ जना व्यक्तिको विवरण पनि जारी गरेको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको र बम डिस्पोजल टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेको प्रवक्ताले बताए । यस महिनाको सुरुमा, सेप्टेम्बर १४ मा, क्वेटाको कुचलक सहरमा अधिकारीहरूलाई लक्षित गरी भएको बम विस्फोटमा दुई प्रहरीको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

इस्लामाबादमा रहेको थिङ्क ट्याङ्क पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडीज –पीआईपीएसले राखेको तथ्याङ्कअनुसार जुलाईमा ३८ वटाको तुलनामा अगस्टमा ५९ वटा हमलाहरू रेकर्ड गरिएकाले पाकिस्तानमा आतङ्कवादी गतिविधिमा तीव्र वृद्धि भएको देखिएको छ । अगस्टको अन्त्यमा, प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) सँग सम्बन्धित लडाकूहरूले सुरक्षा बल र सर्वसाधारण दुवैलाई लक्षित गर्दै बलुचिस्तानमा धेरै आक्रमणहरू गरेको थियो ।

प्रतिक्रिया