सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० कायम
नेपालखोज
२०८१ असोज १० गते ११:१२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । जुन अहिलेसम्मकै उच्च भएको उल्लेख गरेको छ ।
अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ७७५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।
सम्बन्धित
प्रतिक्रिया