चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री
नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले शुक्रबार नजिकिँदे गरेको छठ पूजा र दिवालीको अवसरमा यात्राको सहजता सुनिश्चित गर्न देशभर कोच र विशेष ट्रेन सेवाहरू थप गर्ने घोषणा गरेका छ ।
वैष्णवले भने, ‘यस चाडपर्वको समयमा १०८ ट्रेनहरूमा जनरल कोच थप गरिएको छ । छठ पूजा र दिवालीको समयमा १२ हजार ५०० विशेष ट्रेन सेवा प्रदान गरिनेछ । सन् २०२४–२५ मा आजसम्म कुल पाँच हजार ९७५ ट्रेनलाई अधिसूचित गरिएको छ । यसले एक करोडभन्दा बढी यात्रुहरूलाई सुविधा दिनेछ ।’
यसअघि सेप्टेम्बर २४ मा अश्विनी वैष्णवले राजस्थानको ‘कवच ४.०’ को निरीक्षण गरेका थिए । कवच रेल दुर्घटना रोक्न डिजाइन गरिएको एक स्वचालित ट्रेन सुरक्षा प्रणाली हो । कवच ४.० भारतमा पहिलोपटक माधोपुरबाट सुरु भएको छ । कवचले ट्रेनलाई खराब मौसममा सुरक्षित रूपमा चलाउन मद्दत गर्दछ ।
वैष्णवले शुक्रबार दिल्लीको हजरत निजामुद्दीन रेलवे स्टेशनमा भारत–नेपाल यात्राको लागि भारत गौरव ट्रेनको उद्घाटन गरेका छन् । यसबाट पर्यटकहरूले भारत र नेपालले साझा गरेको समृद्ध सांस्कृतिक सम्पदाको अनुभव गर्न सक्ने उनले बताए ।
प्रतिक्रिया