आइतबार, वैशाख २८, २०८२

दसैँको टीका : कुन देशमा कति बजे ? 

नेपालखोज २०८१ असोज १३ गते १६:५१

काठमाडाैं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशअनुसार आउँदै गरेको विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ । 

सार्वजनिक समय अनुसार काठमाडौंमा असोज २६ गते परेको विजया दशमीमा टीका लगाउने साइत बिहान ११:३६ बजे छ । दिल्ली, भारतमा अक्टुबर १२ बिहान ११:४२ मा छ भने अमेरिकाकाको न्यूयोर्कमा अक्टुबर १२ मा १०:०१ बजे , केन्टुकीमा १०:४५ बजे , टेक्सामा १०:०५ बजे , वासिङ्गटनमा ९:५५ बजे , क्यानडा टोरन्टोमा १०:१५ बजे ,भ्यानकुभरमा १०:१७ बजे र जापानको टोकियोमा अक्टुबर १३ को ११:३५ बजेको साइत उत्तम मानिएको छ । 

प्रतिक्रिया