आइतबार, वैशाख २८, २०८२

काठमाडौं आवातजावत गर्ने मुख्य नाका अवरुद्ध भएपछि उपत्यका बाहिरिने सवारीसाधनको नागढुङ्गामा लामो लाइन

नेपालखोज २०८१ असोज १३ गते १९:०८

काठमाडाैं । संघीय राजधानी काठमाडौं आवातजावत गर्ने मुख्य नाका अवरुद्ध भएपछि उपत्यका बाहिरिने सवारीसाधनको नागढुङ्गामा लामो लाइन लागेको छ ।

अविरल वर्षासँगै गएको पहिरोले झ्याप्लेखोलामा पहिरो गएपछि उपत्यका छाड्ने सवारीसाधानहरु नागढुङ्गामा रोखिएका हुन् । विशेषगरि नेपाल भ्रमणमा आएका भारतीय पर्यटक चढेका गाडीहरु नागढुङ्गामा रोखिएका छन् ।

नागढुङ्गामा भेटिएका भारतीय पर्यटकहरुले सडक अवरुद्ध हुदा दुईदिनदेखि रोकिनुपरेको गुनासो गरे । उनीहरुले छिटै सडक खुल्ला हुने र गन्तव्यतर्फ जाने विश्वास व्यक्त गरे ।

सो खण्डका सडक अवरुद्ध भएपनि काठमाडौं भित्रने सवारीसाधनको पनि धादिङमा लामो लाइन छ । केहि यात्रुहरु भने पैदलै काठमाडौं प्रवेश गरेका छन् ।

प्रतिक्रिया